अंगे्रजी बोल्ने रहर लिएर काठमाडौं छिर्नुभएका कुल बहादुर गुरुङ अन्तत सफल पर्यटन ब्याबसायि बन्न पुग्नुभयो । जहा ईच्छा त्यहा उपाय भने
झै वहाको ईच्छा पुरा भयो । गुरुङ आज पर्यटन ब्यबसायिहरुको विभिन्न संघसंस्थामा संलग्न रहि पर्यटन क्षेत्रलाई प्र्रबद्धन गर्न सफल पर्यटन ब्यबसायि भएर लागिरहनु भएको छ । पर्यटन क्षेत्रलाई नै आफ्नो गन्तब्य बनाउनु भएका गुरुङ एक वर्ष अघि स्थापना भएको गुरुङ पर्यटन ब्यबसायी संघ नेपालको अध्यक्षमा सर्बसम्मत निर्वाचित हुनु भएको हो । आजको अंकमा उनै सफल पर्यटन ब्यबसायी गुरुङको पर्यटनसगको रमाईलो अनुभव सम्बाद तपाईको माझमा प्रस्तुत छ ।
लाहुरे हुन्छु, विदेश गएर धन कमाएर ल्याउछु भन्ने बाटोमात्र देख्ने र राज्ने गुरुङ समुदायमा जन्मनु भएका हुन् कुल बहादुर गुरुङ । वहालाई ब्रिटिस आर्मीमा भर्ती हुन वहाको परिवारको ठूलो दबाब थियो । तर नेपालमै बसेर केहि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिनुभएको छ, कुल बहादुर गुरुङले । पर्यटन ब्यबसायलाई प्रबद्र्धन गरी देशलाई टेवा पु¥याउने र गतिलो आयश्रोत बनाउने उद्धेश्यले पर्यटन ब्यबसायमा लाग्नुभएका गुरुङ सफल उदाहरण हुन् गुरुङहरु समुदायका लागि । पर्यटन ब्यबसायभित्र गुरुङहरुको पहिचान विलिन भएको, हराएको महसुस गर्नुभएका गुरुङले पर्यटन ब्यबसायमा लागेका गुरुङहरुको एकताका लागि गुरुङ पर्यटन ब्यबसायी संघ नेपाल को स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको छ । एक वर्ष अघि स्थापना भएको संघको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो । ‘हामीमा एकता हुनुपर्छ, विशेष त पर्यटन ब्यबसायमा प्रचुर मात्रामा अबसरहरु छन् भनेर देखाउन हामीले संघको स्थापना गरेका हौं ।’ अध्यक्ष गुरुङले भन्नुभयो ।
स्थापना भएको छोटो समयमा नै संघले आदिबासी जनजाती दिवसका अबसरमा गुरुङहरुको जातियता झल्कने गरी ¥याली प्रदर्शन, तमु सञ्चारकर्मीहरुसग पर्यटन ब्यबसायमा सञ्चारको भूमिका विषयक अन्तरक्रिया र पर्यटन प्रबद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा गुरुङ पर्यटन ब्यबसायीहरुलाई तीनदिने तालिम प्रदान गरिसकेको छ । डिसेम्बर र जनावरीको बीचमा पाचदिने टे«किङ गाईड टे«निङ सञ्चालन गर्ने र यो वर्षभित्र कुक, गाईड र शेर्पा गरी पाचवटा अन्य तालिम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘गुरुङ युवाहरुलाई पर्यटनबारे जानकारी गराउन पनि तालिम सञ्चालन गर्नेछौं ।’ वहाले भन्नुभयो, पर्यटन ब्यबसायमा स्वतन्त्रता छ, ईन्जोय छ, अबसर र भविश्य छ ।
बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गर्नुभएका अध्यक्ष गुरुङले कानुन्मा स्नातक तथा समाजशास्त्रमा पनि स्नातकोत्तर गर्नु भएको छ । अध्ययन क्षेत्रमा समेत गुरुङ समुदायको अग्र पंििक्तमा रहनु भएका गुरुङले गुरुङ पर्यटन ब्यबसायी संघ नेपालको स्थापना गर्न केहि संघर्ष गर्नुपरे पनि सफल रुपमा सञ्चालन गर्न साथीहरुको महत्वपूर्ण सहयोग र सहकार्य भएको बताउनुभयो । जहापनि गुरुङहरु कम देखेकोले र गुरुङहरुको अस्तित्व नै नभएको जस्तो लागेपछि, अध्यक्ष गुरुङले यस संघको स्थापनाबारे सोच बनाउनु भएको थियो ।
पर्यटन ब्यबसायमा लागेका गुरुङहरुको एकताका लागि टे«किङ, ट्राभल र ¥याफ्टिङ यस संस्थामा आबद्ध भईसकेको र होटल ब्यबसायीहरुलाई यस संस्थामा आबद्ध गर्ने योजना रहेको वहाले बताउनुभयो । अंगे्रजी बोल्ने रहरले टे«किङ पेशामा लाग्नु भएका गुरुङ आज आम गुरुङ पर्यटन ब्यबसायीहरुको नेतृत्व गर्न सफल हुनुभएको छ । पर्यटन क्षेत्रलाई ब्यबसायको रुपमा अगाल्नु भएका गुरुङले सगसगै अध्ययनलाई पनि निरन्तरता दिनुभएको थियो । सत्रजना समितिमा रहेको गुरुङ पर्यटन ब्यबसायि संघ नेपालको अध्यक्ष हुनुभएको संघमा एक सय चारजना सदस्य आबद्ध भईसकेका छन् । पर्यटन ब्यबसाय क्षेत्रमा आबद्ध गुरुङहरुको नेतृत्व गरीरहनुभएका अध्यक्ष गुरुङले आफ्नो बाल्यकालबारे यसरी सुनाउनुभयो ।
‘बुवाले छोरा त“ लाहुरे हुनुपर्छ भन्नुभएको थियो । मेरो परिवारमा सबै आर्मी ब्याग राउन्डको हुनुहन्छ । तर मलाई त्यतातिर रहर जागेन । गाउ“मा कहिलेकाहि देखिने विदेशीहरुसग आउने नेपाली दाजुहरुले फरर अंग्रेजी बालेको देख्दा मलाई पनि बोलु बोलु लाग्थ्यो तर अंगे्रजी फरर बोल्न आउदैनथ्यों । सोच्थे फरर अंग्रेजी कसरी बोल्न सकिन्छ होला । मनमनै सोचें काठमाडांै गएपछि एकदिन म पनि अंगे्रजी सिकेर फरर बोल्ने हुन्छु । त्यहि सपना बोकेर गाउको पढाई सकेपछि शहर आए । काठमाडौंमा मेरो संगत पर्यटन क्षेत्रमा काम गर्ने साथीहरुसग भयो ।
अंग्रेजी बोल्नलाई के गर्नुपर्छ? साथीहरुलाई सोधें । टे«किङ गए अंगे्रजी बोल्ने प्राक्टिस हुने साथीहरुले बताएपछि म विदेशी दाईहरुसग हेल्पर भएर टे«किङ गए । त्यत्तिबेला गाईड र शेर्पा भनेको थाहा थिएन । पछि बुझदा थाहा भयो गाईड र शेर्पा भनेको तालिम प्राप्त हुनुपर्दोरहेछ । ममा यो सब थिएन त्यसैले अंगे्रजी बोल्नकै लागि हेल्पर भएर टे«किङ गए ।
‘टे«किङ जादा विदेशीहरुसग जानी नजानी, सकि नसकि अंगे्रजी बोल्थे । उनीहरुले मलाई खुब मन पराउथे र माया गर्थे । यसै क्रममा पर्यटनतिरै मन रमाउन थाल्यो । साथीभाईसग मिलेर टे«किङ गर्दागर्दै ट्रेकिङ अफिस खोलियो । टे«किङ गर्दागर्दै समय वितेको पत्तै चलेन । ‘आज एक्लैले अलाईन्स टे«क्स ट्रेकिङ अफिस चलाएको एघार वर्ष भईसकेछ, अंगे्रजी बोल्ने रहरले पर्यटन ब्यबसायि बनायो ।’ अध्यक्ष गुरुङले भन्नुभयो । निक्कै हसिलो र नरम स्वभावमा प्रस्तुत हुने अध्यक्ष गुरुङ, गुरुङ समुदाय र गुरुङ समुदायका युवाकाका लागि सफल ब्यबसायी र सफल
अध्ययनसिल ब्यक्तित्वको उदाहरण हुनुहुन्छ ।
अध्यक्ष गुरुङले देश र विदेशमा रहेका गुरुङ दाजुभाईले हरेक क्षेत्रमा गुरुङ युवाहरुलाई अबसर प्रदान गर्नुपर्ने बताउनुभयो । ‘नेपालमै बसेर धेरै कुरा गर्न सकिन्छ, तर मनदेखि दृढताका साथ लागिपर्नुपर्छ, यो मेरो अनुभव र वास्तविकता हो ।’ अध्यक्ष्य गुरुङले भन्नुभयो । संघर्ष हरेक क्षेत्रमा गर्नुपर्दछ तर मेहनत, परिश्रम र लगनसिलताले मात्र सफलता चुम्न सकिने बताउनुभयो । टानको कार्यकारी समितीमा समेत रहेर काम गरीसक्नु भएका अध्यक्ष कुल बहादुर गुरुङ हाल कानुनी सल्लाहाकार समितीमा रहनु भएको छ । उहा गनेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष पनि हुनुहुन्छ ।